दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल

सारांश

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताउनुभएको छ ।
  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल, तासु खोला पुल आगामी दुई वर्षभित्र बनाइसक्ने बताउनु भयो ।

६ साउन, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल, तासु खोला पुल आगामी दुई वर्षभित्र बनाइसक्ने बताउनु भयो । आ.व.०८२—०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको बताउनु भयो । मन्त्री दाहालले भन्नुभयो, ‘भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण भइरहेका छन् । झिम्रिखोला पुल यो ३५ मिटरको छ ।

नलगाढ खोला पुल, १०५ मिटर । चौखा खोला पुल, २५ मिटरको । तात्र खोला पुल, यो ३५ मिटरको छ । तासु खोला पुल यो ३६ मिटरको छ । आ.व.०८२—०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको छ । रिजिगाढ, चुगाढ खोला पुल दुवै ३५ मिटरका रहेका छन् । उसुङ खोला पुल, ३५ मिटरको । गल्लीगाढ खोला पुल ३५ मिटरको । खडङ भेरी खोला पुल ३५ मिटरको । खोर खोलापुल, १५ मिटरको । त्रिपुराकोट खोला पुल ४० मिटर र वरबगाड पुल ३० मिटरको रहेको छ ।’ मन्त्री दाहालले कतिपय पुलहरु रातो कितावमा नरहेको हुनसक्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला
नागार्जुन -७ की वडासचिव केसी झुण्डिएको अवस्थामा मृत फेला