बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

सारांश

  •   मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्।
  • काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।
  • उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

५ साउन, काठमाडौं । 

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो। उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।  उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभ‍सम्बन्धी कसुरमा जाहेरी दिएका छन्।

काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो। उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो। घटना २०८१ जेठ ४ गतेको भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो।  प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। पुर्जी जारी भएको थाहा पाएपछि अहिराज फरार थिए। अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए। उनी केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा एमालेको कोटाबाट मधेस प्रमुख भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
एसीसी यू– १९ एसिया कप: नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट
एसीसी यू– १९ एसिया कप: नेपाल श्रीलंकाविरुद्ध ८२ रनमै अलआउट