विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
६६ पटक हेरिएको
Shares
विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात

सारांश

  • आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ ।
  • अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो ।
  • अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो ।

३० जेठ, काठमाडौं ।

आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे । खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो ।

स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो । त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । पाराग्वेका मौरिसियोले ७१औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जितमा पु¥याए । जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा छ । उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन् । यसअघि आजै भएको खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई
धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते
धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय