३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट

सारांश

  • आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो।
  •   गएको बुधबार, बिहीबार र शुक्रबार गरेर तीन दिनमा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो।
  • सुनको मूल्य आज प्रतितोला एकलाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

२१ पुस,  आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो।  गएको बुधबार, बिहीबार र शुक्रबार गरेर तीन दिनमा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको हो। सुनको मूल्य आज प्रतितोला एकलाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ५३ हजार पाँचसय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य भने स्थितर छ। शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य हजार आठसय १० रुपैयाँ कायम भएको थियो। आज पनि सोही मूल्यमा चाँदी स्थिर रहेको हो।  गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु
ईभी हाइसको ठक्करबाट महिलाको मृत्यु
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
नेपाली शान्ति सैनिकको अदलीबदली
नेपाली शान्ति सैनिकको अदलीबदली
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध