धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
६१ पटक हेरिएको
Shares
धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला

सारांश

  • धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् ।
  • आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।
  • त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका हुन् ।

 

२१ साउन, विराटनगर । धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका हुन् । माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए ।  ‘हाम्रो धेरै माग छैन, बोर्डले पुरानै शुल्क कायम गरे ताला खोल्छौं’, उनले भने,‘ बढेको शूल्क नघटेसम्म तालाबन्दी खोल्दैनौं ।’

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसशुल र शुल्क वृद्धि गरेको थियो । शुल्क घटाउनका लागि ११ साउनमा १० राजनीतिक दलले ७२ घण्टा समय दिएका थिए  तर बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरे । तालाबन्दीपछि भने उनीहरुले महशुल नतिर्न सर्वसाधारणलाई अपिल पनि गरेका छन् ।२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको छैन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको मेयर साम्पाङको तर्क छ । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । यसअघि २०७५ सालमा मञ्जु भण्डारी कार्यबाहक मेयर रहेका बेला पनि धरानमा खानेपानीको महशुल वृद्धि भएको थियो । त्यसबेला महशुल वृद्धि विरुद्धको आन्दोलनमा साम्पाङ आफैं पनि सक्रिय भएका थिए ।

२०७६ सालको उपनिर्वाचनमा तत्कालिन नेकपा उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईसँग पराजित हुने कारणमध्ये एउटा कारण खानेपानी महशुल वृद्धि पनि हो । उपनिर्वाचनमा विजयी भएका तिलक राईले बढेको महसुल घटाएर पुरानै कायम गरेका थिए । अभियन्ता हुँदा महशुल वृद्धिको विरोध गरेका साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर निर्वाचित भए । चुनाव जितेपछि भने उनको भूमिका र शैली फेरिएको छ । उनले ऋण तिर्न महसुल वृद्धि गर्नुपर्ने बाध्यता रहेको उनले तर्क गरेका छन् ।

तर कांग्रेस नगर सभापति पोखरेल २०९१ सालसम्ममा तिरिसक्नुपर्ने ऋणका लागि अहिलेदेखि जनतामा भार थोपर्न नमिल्ने बताउँछन् । मेयर हर्क साम्पाङले भने आम नागरिकको घरमा जडान भएको धाराको धेरै शुल्क नबढेको बताए । धरानमा धेरैको घरमा आधा इनचको पाइपको धारा जडान भएको र त्यसको शुल्क धेरै नबढेको उनको दाबी छ । ‘विदेशी ऋण तिर्नका लागि हाम्रो इञ्जत बचाउनका लागि हो’, उनले आइतबार पत्रकार सम्मेलनमा भनेका छन्,…. मैले लिएको त होइन, म भन्दा पहिला यहाँ बस्ने मान्छेहरुले लिएर आयोजना सञ्चालन गरेपछि त्यो रकम बाँकी रहेको छ, त्यो रकम भुक्तानी गर्नैपर्छ ।’

के केमा बढ्यो शुल्क ?

खानेपानी बोर्डले जारी गरेको नयाँ शूल्क सूची अनुसार खानेपानी महशुलसँगै जडान, होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा महशुल वृद्धि भएको छ । जडान भएको पाइपको मोटाइका आधारमा महशुल ५ रुपैयाँदेखि आठ हजार रुपैयाँसम्म वृद्धि भएको छ । साउन १ बाट नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजार रुपैयाँसम्म शुल्क बढेको छ । आधा इन्चको पाइप जडानमा यसअघि १५ हजार रुपैयाँ शुल्क थियो । साउन १ गतेबाट २० हजार पुगेको छ । ४/३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ । १ इन्चको पाइपको १५ हजार रुपैयाँ थियो । तर बोर्डले बढाएर ५० हजार रुपैयाँ पुर्याएको छ । १ देखि डेढ इन्च पाइपको धारा जडान शुल्क २० हजार रुपैयाँ थियो । बोर्डले ५५ हजार रुपैयाँ बढाएर ७५ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै २ इन्चको पाइप जडान शुल्क २५ हजार रुपैयाँबाट एक लाख रुपैयाँ पुगेको छ । यसअघि आधा इनचको पाइपको होल चेञ्ज दस्तुर दुई हजार रुपैयाँ थियो । बोर्डले बढाएर पाँच हजार रुपैयाँ बनाएको छ । ४/३ को पाइपको होल चेन्ज शुल्क ३ हजारबाट बढाएर ८ हजार बनाइएको छ । १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार, १ देखि डेढ इनचको पाइपको होलचेन्ज शुल्क ५ हजारबाट बढाएर १५ हजार र २ इन्चको होलचेन्ज शुल्क ६ हजारबाट बढाएर २० हजार रुपैयाँ पुर्‍याइएको छ । पालिकाले मर्मत तथा धारा चेकको शुल्क पनि बढाएको छ । यसअघि सबै इन्चको धारा जडानको मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो । यसलाई बढाएर १० हजार रुपैयाँसम्म पुर्‍याइएको छ । २ इन्च पाइप जडान भएको स्थानमा मर्मत तथा चेक शुल्क १० हजार पुगेको छ । आधा इन्चको एक हजार ४/३ इनचको दुई हजार, एक देखि डेढ इन्चको पाइपको मर्मत शुल्क पाँच हजार बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ
१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
तीनकुनेमा अश्रुग्यास प्रहार राजावादीको कार्यक्रम बिथोलियो
तीनकुनेमा अश्रुग्यास प्रहार राजावादीको कार्यक्रम बिथोलियो
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने
वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने