Press 4K
बिहिबार, १४ श्रावण २०८३

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

सारांश

  • हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ।
  • परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्।
  • गोठभित्रै भएको यो आक्रमणसँगै करिब रु ५,७०,००० बराबरको आर्थिक क्षति भएको उनले बताए ।

२६ मंसिर,मुस्ताङ

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ। परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्।
गोठभित्रै भएको यो आक्रमणसँगै करिब रु ५,७०,००० बराबरको आर्थिक क्षति भएको उनले बताए ।

करिब बिहान ४ बजे गोठ वरपर कुनै गतिविधि नदेखिएकाले हिउँ चितुवा सहजै भित्र पस्न सफल भएको मार्फाका स्थानिय सुरेन्द्र हिराचनले बताए ।
स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा पहाडी–हिमाली क्षेत्रमा हिउँ चितुवाद्वारा घरेलु पशुमा आक्रमण बढ्दो छ । यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...