स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ

सारांश

  • कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
  • नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार पक्राउ परेका हुन् ।
  • जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहनमणि अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले विहीबार दिउँसो २ः४५ बजे बाणगंगा नगरपालिका ४ जितपुर स्थित चार नम्बर चोकमा रहेको के.

२३ फागुन, काठमाडौं । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहनमणि अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले विहीबार दिउँसो २ः४५ बजे बाणगंगा नगरपालिका ४ जितपुर स्थित चार नम्बर चोकमा रहेको के.सी. फेन्सी पसलको गोदामबाट ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले अन्डरग्राउण्डमा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ । उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको कपिलवस्तु प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र
नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
काठमाडौं–मन्थली सडक अवरुद्ध
काठमाडौं–मन्थली सडक अवरुद्ध
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू
रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू