कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २९, २०८१
|
|
४७ पटक हेरिएको
Shares
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै

सारांश

  • ‘असार २४ मा मसँग समन्वय नगरी अध्यक्षले दबाब र प्रभावमा लेखापालसँग चेक काट्न लगाए ।
  • मलाई त चेक बनाउने कोठामा छिर्न पनि दिएनन् ।
  • पालिका अध्यक्ष, लेखापाल र कर्मचारीले मेरो फोन पनि उठाएनन् ।

मौसम झा (पाठक)

२९ असार, सिरहा । ‘असार २४ मा मसँग समन्वय नगरी अध्यक्षले दबाब र प्रभावमा लेखापालसँग चेक काट्न लगाए । मलाई त चेक बनाउने कोठामा छिर्न पनि दिएनन् । पालिका अध्यक्ष, लेखापाल र कर्मचारीले मेरो फोन पनि उठाएनन् । प्रक्रिया नमिलेको कामको पनि चेक काटिएको छ ।’ यी भनाई हुन् सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाको । उनी असार २८, शुक्रवार कार्यालय आएका थिए । तर एकैछिनमा ‘खाना खाएर आउँछु’ भनेर कार्यालयबाट बाहिरिए । त्यसबारे टुडेखोजले समाचार सम्प्रेशन गरेको थियो ।

समाचार सम्प्रेशन भएपछि आफूसँग समन्वय नगरी चेक काटिएको र जर्वजस्ती चेकमा हस्ताक्षर गराउने सुइँको पाएपछि आफू बहाना बनाएर कार्यालयबाट निस्केको प्रतिक्रिया दिएका थिए । उनको भनाई थियो, ‘कति चेक काटियो ? त्यो पनि थाहा छैन । म कसरी त्यो चेकहरुमा हस्ताक्षर गर्छु ?’ लेखापाल देवेन्द्र यादव सिरहा सदरमुकामस्थित सलहेश मन्दिरको उत्तरपटिट् रहेको वकिल राजेदेव यादवको घरमा डेरा गरी बस्छन् । त्यो कोठामै लेखापालले गाउपालिका अध्यक्ष र केहि कर्मचारी राखेर चेक काटेका थिए । असार २४ गाउँपालिकाको कार्यालय सुनसान थियो ।

अधिकृत झाको अडियो टुडेखोजले सार्वजनिक गरेपछि गाउँपालिका अध्यक्ष शिवजी यादव तनावमा परेका थिए । उनी आज विहानै अधिकृत झालाई फकाउन केहि व्यक्तिलाई लिएर जनकपुरधाम पुगेका थिए । झा जनकपुरधाममै बस्छन् । स्रोतका अनुसार उनले जनकपुरधामस्थित आफ्नै कोठाबाटै कार्यालय सञ्चालन गर्छन् । स्रोतका अनुसार कमिशन बाँडफाँडमा कुरा मिलेपछि अधिकृत झा आज औरही आएर चेक बाँडिरहेका छन् ।


औरही अस्पतालको मिटिङ हलमा बसेर उनले चेक बाँडिरहेको एक कर्मचारीले सुनाए । चेक बाँडिरहेको कोठा बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको छ । स्रोतको दावी छ– लेखापालको मात्र हस्ताक्षरयुक्त चेक नसाटिने, फाइलमा टिप्पणी र आदेश सदर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएको र टिप्पणी सदर नगरी चेक काट्दा लेखापाल पनि कारवाहीमा पर्ने भएपछि उनीहरु बाध्य भएर कमिसन बाँडफाँडको सहमतिमा आउनु परेको थियो ।

स्रोतका अनुसार कर्मचारी र जनप्रतिनिधिका आसपासेलेउपभोक्ता मार्फत भएको काममा १० प्रतिशत र काटेशनमार्फत भएको काममा २० प्रतिशत कमिशन उठाइरहेका छन् । असार २४ मा काटिएको चेक आज असार २९ मा प्रहरी परिचालन गरेर उपभोक्ता र निर्माण कम्पनीलाई बाँडिरहेको विषयमा प्रतिक्रिया लिन अधिकृत, गापा अध्यक्ष र लेखापाललाई सम्पर्क गर्दा हुन सकेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
बर्दियाको फुलराम चोकबाट ईलेक्ट्रिकल भेप बरामद
बर्दियाको फुलराम चोकबाट ईलेक्ट्रिकल भेप बरामद
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो