अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो २ दिन बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
१११ पटक हेरिएको
Shares
अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो २ दिन बिदा

सारांश

  • सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।
  • मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ।
  • मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ ।

८ असोज, पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।

मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ।

मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ ।

मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपद्को यस जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्विनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
डा.सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित
डा.सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद