रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार

सारांश

  • रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
  • गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।
  • सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए ।

२७ असोज, रौतहट ।

रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?