जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द

सारांश

  • मधेश सरकारले जनकपुरधामको निजी अस्पताल अनुगमन जारी राखेको छ।
  • मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितका टोलीले आइतबार साँझ नौवटा अस्पतालमा अनुगमन गरेका हुन् ।
  • त्यस क्रममा दर्ता नगरी सञ्चालनमा रहेको चारवटा अस्पताल बन्द गरिएको छ ।

५ फागुन, जनकपुरधाम। मधेश सरकारले जनकपुरधामको निजी अस्पताल अनुगमन जारी राखेको छ। मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितका टोलीले आइतबार साँझ नौवटा अस्पतालमा अनुगमन गरेका हुन् । त्यस क्रममा दर्ता नगरी सञ्चालनमा रहेको चारवटा अस्पताल बन्द गरिएको छ ।

जनकपुरको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन्। जनक मेमोरियल हस्पिटल,जनकपुर मोडल हस्पिटल जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएको छ ।

ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । यस्तै ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन । आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसिटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिए । बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसिटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने