दुई टी–२० अभ्यास खेल आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
२० पटक हेरिएको
Shares
दुई टी–२० अभ्यास खेल आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

सारांश

  • अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
  • टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्।
  • पहिलो खेल बिहान ५ ः १५ बजे सुरु भएको छ।

१२ भदौ, काठमाडौं ।

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्। पहिलो खेल बिहान ५ ः १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ ः १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए। आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?