भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भएको बताएका छन्।
  • मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको बताए ।
  • ‘राष्ट्रिय विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ र उसले आफूलाई पपुलिष्ट बनाउनको लागि श्रमिकहरूको रोजीरोटी खोस्ने काम गरेको छ’, पोखरेलले भने।

२ मंसिर, काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भएको बताएका छन्। मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको बताए । ‘राष्ट्रिय विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ र उसले आफूलाई पपुलिष्ट बनाउनको लागि श्रमिकहरूको रोजीरोटी खोस्ने काम गरेको छ’, पोखरेलले भने।

भदौ २३ र २४ को घटना राष्ट्रको लागि अत्यन्त पिडादायी घटना भएको बताउँदै उनले कतिपयले यसलाई क्रान्तिको रूपमा परिभाषित गर्ने दुस्साहस गरेका बताए। राष्ट्रियतालाई धराशायी बनाउने काम किमार्थ क्रान्ति हुन नसक्ने पोखरेलको धारणा छ। नयाँ पुस्तालाई लाञ्छित गरेर जेनजीको नाममा अवसरवादी, अराजकवादी र विदेशीसँग साँठगाँठ गर्नेहरूले भदौ २३ र २४ को घटना गराएका पोखरेलले दाबी गरे। जेनजी आन्दोलन हाइज्याक गरेर अहिले तिनै तत्त्वहरूले सत्तामा हालीमुहाली गरिरहेका उनको धारणा छ। २३ र २४ को घटनाको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको पोखरेलले बताए। जसको परिणाम भर्खरै उठ्न लागेको देशको अर्थतन्त्र फेरि पाताल भासिएको उनले सुनाए।

जेनजी आन्दोलनको माग सरकार समक्ष आउँदै नआएको उनले बताए। नेपालको सत्ता राजनीतिमा कुण्ठा भएकाहरूले नवयुवाको भावनामा खेल्ने प्रयत्न गर्दा राष्ट्रले कहालीलाग्दो क्षति बेहोरेको पोखरेलका धारणा छ। भदौ २३ र २४ को घटनाले राष्ट्रको अस्मिता, समृद्धि, सामर्थ्य माथि आक्रमण गरेको उनले बताए। त्यस्तै नेपालको शान्ति सुरक्षाको आधारस्थम्भको रूपमा रहेको नेपाल प्रहरीको देशव्यापी संरचना तहसनहस बनाउने काम सो घटना मार्फत भएको पोखरेलको भनाइ छ। प्रहरीलाई भौतिक रूपमा समाप्त गर्ने तथा नांगै बनाएर लखेटेर अपमानित गर्ने काम गरिएको उनले बताए। बानेश्वरको घटना र अदालतहरूमा आगो लगाउने तथा जेलबाट अपराधी निकाल्ने घटनासँग कतै तालमेल नै नमिल्ने उहाँले बताउनुभयो । त्यसैले भदौ २३ र २४ को घटना सुनियोजित थियो भन्ने कुरा पुष्टि भएको पोखरेलको भनाइ छ । २३ र २४ गतेको घटना नेपाल राष्ट्रलाई कमजोर बनाउने, लोकतन्त्र विरोधी षडयन्त्र हो’, उनले भने।

नेकपा एमाले जति बेला संकट पर्दछ त्यति बेला सशक्त भएर उठ्ने पार्टी भएको बताउँदै उहाँले एमालेले हरेक संकटको सामना गर्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो । त्यसैले एमाले फेरी जुरुक्क उठ्ने प्रयत्नमा रहेको पोखरेलले बताए। सत्यको पक्षमा उभिँदा कहिलेकाहीँ एक्लै परिने भए पनि एमाले त्यसको सामना गर्न तयार हरेको उनको भनाइ छ। ‘चुनौतीबाट भाग्ने होइन, सामान गरेर अगाडि बढ्नु पर्दछ, हामी हाम्रा उद्देश्यमा सफल हुने छौँ’, पोखरेलले भने। राजनीतिक अस्थिरता अहिलेको मुलुकको प्रमुख चुनौती भएको बताउँदै उहाँले त्यसैको जगमा अस्थिरतावादी शक्तिले खेलिरहेका उनले स्पष्ट पारे। त्यसलाई चिर्न देशमा राजनीतिक स्थिरता दिनु पर्ने र त्यो काम एमालेबाट मात्रै सम्भव भएको उनले बताए। अहिले अवस्था अप्ठेरो भए पनि एमाले पिठ्युँ फर्काएर नभाग्ने पोखरेले स्पष्ट पारे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
सतुङ्गलको कपडा पसलमा आगलागी
सतुङ्गलको कपडा पसलमा आगलागी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड