इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१०३ पटक हेरिएको
Shares
इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा

सारांश

  • नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ ।
  • निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो ।
  • अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ ।

१९ साउन, काठमाडौं ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो । अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरुलाई जानकारी गराएको छ ।

बढेको मूल्य आजैबाट कार्यानवयनमा आएको छ । प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्यूल सरचार्ज अब बढेर ११ हजार पुगेको छ । अर्थात् धनगढी जाने टिकटको मूल्य ८८० रुपैयाँले बढेको छ । सबैभन्दा बढी मूल्य भने विराटनगर–धनगढी १ हजार २९०, नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० र जनकपुर–धनगढी रुटमा ११ सय रुपैयाँले वृद्धि भएको छ । काठमाडौं माउन्टेन फ्लाइट रुटमा ६८५, काठमाडौं– भद्रपुरमा ६०५, काठमाडौं विराटनगर ४८०, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको प्राधिकरणले जनाएको छ । काठमाडौ–पोखरा ३१५, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगन्ज ६५५, काठमाडौं–तुम्लिङटार ३७० र काठमाडौं–सिमराको भाडा १८० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुर ८१०, पोखरा–धनगढी ६८५, पोखरा– जनकपुर ५२५ रुपैयाँले मूल्य बढेको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्य स्वागत
सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्य स्वागत
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने
अब धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण
भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड