लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
६६ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ

सारांश

  •   लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले शपथ ग्रहण गरेका छन् ।
  •   नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष शपथ लिए ।
  •   यस्तै, नवनियुक्त सदस्य ताराप्रसाद भुसालले आयोगका अध्यक्ष बस्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

२४ पुस, काठमाडौं । 

लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले शपथ ग्रहण गरेका छन् ।  नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष शपथ लिए ।  यस्तै, नवनियुक्त सदस्य ताराप्रसाद भुसालले आयोगका अध्यक्ष बस्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गरेका हुन् । यस्तै, प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रावधान छ ।  सोही अनुसार नवनियुक्त सदस्य भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी
एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
विमानस्थलबाट १ किलो १०० ग्राम सुनसहित १ जना पक्राउ
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो  :  राष्ट्रपति
२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची