एमालेको सचिवालय बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
एमालेको सचिवालय बैठक सुरु

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
  • एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक जारी छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बसेको हो ।

११ जेठ, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बसेको हो ।

कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

कांग्रेसका अर्का नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने कुनै एक कार्यालयको कर्मचारीको गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी गरेका छन् । एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायतका विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमाले नेताहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हप्ताभित्र बीपी राजमार्गमा सवारी चल्छ : गृहमन्त्री लेखक
एक हप्ताभित्र बीपी राजमार्गमा सवारी चल्छ : गृहमन्त्री लेखक
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा