काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

सारांश

  • काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ ।
  • काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो ।
  • महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ ।

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो । महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले जानकारी दिए । महानगर प्रहरीले अनुगमनका लागि १०-  १० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ । एसपी जोशीले भने ‘अनुगमन गर्दा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ