सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ६, २०८१
|
|
४४ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ

सारांश

  • वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
  • पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला विष्ट रहेकी छन् ।
  •   उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली टेकुबाट पक्राउ गरेको हो ।

६ फागुन, काठमाडौं ।

वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला विष्ट रहेकी छन् ।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली टेकुबाट पक्राउ गरेको हो ।

अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?