डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
४५ पटक हेरिएको
Shares
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान

सारांश

  • मलंगवा नगरपालिकाले डेंगु, जापानिज इन्सेफाइटिस (जेई) र मलेरिया नियन्त्रणका लागि लार्भा–साइडिङ स्प्रे कार्यक्रम सुरु गरेको छ ।
  • आज मंसिर ११ गतेदेखि नगरका सबै वडामा यो कार्यक्रम सक्रिय रूपमा सञ्चालन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
  • महामारी आकस्मिक रोग नियन्त्रण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत नगर क्षेत्रमा बढ्दो किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न लार्भा नष्ट गर्ने औषधीय स्प्रे प्रयोग गरिएको हो ।

११ असोज, सर्लाही ।

मलंगवा नगरपालिकाले डेंगु, जापानिज इन्सेफाइटिस (जेई) र मलेरिया नियन्त्रणका लागि लार्भा–साइडिङ स्प्रे कार्यक्रम सुरु गरेको छ । आज मंसिर ११ गतेदेखि नगरका सबै वडामा यो कार्यक्रम सक्रिय रूपमा सञ्चालन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । महामारी आकस्मिक रोग नियन्त्रण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत नगर क्षेत्रमा बढ्दो किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न लार्भा नष्ट गर्ने औषधीय स्प्रे प्रयोग गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहका अनुसार प्रत्येक वडामा पुगेर जमेको पानी, नाला तथा लामखुट्टे प्रजननका सम्भावित स्थानमा स्प्रे गरिनेछ । कार्यक्रममा पाँच जनाको स्प्रे टोलीसहित स्वास्थ्यकर्मी तथा नगरका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ । लामखुट्टेको प्रजनन रोकथामका लागि घर–आँगन सफा राख्न, पानी जम्न नदिनु तथा जोखिमका स्थान हटाउन स्थानीयवासीलाई अनुरोध गरिएको छ । नगरप्रमुख नागेन्द्र प्रसाद यादवले नियमित रूपमा यस्ता सार्वजनिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै समुदायले पनि सहयोग र सतर्कता अपनाउनुपर्नेमा जोर दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
मलंगवा जेसिजमा नयाँ नेतृत्व
मलंगवा जेसिजमा नयाँ नेतृत्व
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
आज ७३औँ कानुन दिवस
आज ७३औँ कानुन दिवस
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने