लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री

सारांश

  • परराष्ट्र मन्त्री डा.
  • आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताएकी छन्।
  • नेपाल प्रेस युनियनद्वारा शनिवार ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन्।

२७ वैशाख, काठमाडौं ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताएकी छन्। नेपाल प्रेस युनियनद्वारा शनिवार ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन्।  ‘स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ,’ मन्त्री देउवाले भनिन्, ‘त्यसैले प्रेस स्वतन्त्रता बिनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।’

उनले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता  अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरिन्।  वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उनले बताइन्। ‘सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ,’ मन्त्री देउवाले भनिन्।   लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै उनले यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहने बताइन्।

फरक मतप्रतिको सम्मान गर्ने आधारभूत मूल्यमान्यताहरुमा पहिलेभन्दा तीव्र रूपमा कमी आइरहेको वर्तमान अवस्थामा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने र पत्रकारिताले नै सत्यको संरक्षण गरी फरक  आवाजहरूका लागि मञ्च प्रदान गर्ने उनले बताइन्।   मिसइन्फरमेसन र डिसइन्फरमेसनले अहिले नेपाल तथा अन्यत्र पनि नकारात्मकता फैलाइरहेकाले यस्ता गलत सूचनाको बाढीलाई रोकेर सत्यतथ्य र मर्यादित सूचना सम्प्रेषण गरी असल समाज निर्माणको अगुवाई गर्न समग्र सञ्चारकर्मीहरुलाई मन्त्री देउवाले आग्रह गरिन।

नेपालले जलवायु परिवर्तनका कारण अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थामा यस विषयलाई पनि थिमका रुपमा राखेर मिडिया समिट आयोजना गरेकोमा आयोजकलाई उनले धन्यवाद दिइन।   यसै विषयमा केन्द्रित रहेर नेपाल सरकारले यसै हप्ता सगरमाथा संवादको आयोजना गरेको जानकारी दिँदै नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति दर्शाउन यो सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको पनि मन्त्री देउवाले बताइन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा