Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २, २०८०
|
|
४३ पटक हेरिएको
Shares
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य

सारांश

  • नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।
  • एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनाएको हो ।
  • नेपालका लागि अर्जुन कुमालले शानदार ब्याटिङ गर्दै १४२ रनको इनिंग खेलेका थिए ।

काठमाडौं ।

नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ । एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै ३४७ रन बनाएको हो ।

नेपालका लागि अर्जुन कुमालले शानदार ब्याटिङ गर्दै १४२ रनको इनिंग खेलेका थिए । कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाएर आउट भएका थिए ।त्यसैगरी आकाश त्रिपाठीले ८९ रनको उत्कृष्ट इनिंग खेलेका थिए । त्यस्तै दीपक बोहोराले २९, विशाल विक्रम केसीले २४, दीपक प्रसाद डुम्रेले १४, मिलन बोहोराले ९ दिनेश कँडेलले १४ तथा कप्तान देव खनाल शून्यमा आउट भएका थिए । त्यसैगरी साउदीका बलर मुहमद अहमद राजा, अब्दुल्लाह शिराज र मुहमद चायोर अहमदले २-२ विकेट लिएका थिए भने जुहैर मुहमद र शजिब मुजीबुर रहमानले एक एक विकेट लिएका थिए । साउदी अरेवियालाई हराए नेपाल सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने
राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार
चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
धनगढीमा महेश बस्नेतको विरोधमा प्रदर्शन
धनगढीमा महेश बस्नेतको विरोधमा प्रदर्शन