काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि

सारांश

  •   मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
  •   यसै क्रममा आज (मंगलबार ) काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।
  • मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.

२ मंसिर, काठमाडौं । 

मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।  यसै क्रममा आज (मंगलबार ) काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो।

हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो। आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिन्छ। त्यतिबेलासम्म थप घट्ने सम्भावना हुन्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?