वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान

सारांश

  • औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डललाई कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए।
  • जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो।
  • गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.

८ कार्तिक, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई जिल्ला अदालतले कारागार चलान गरेको छ।

औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डललाई कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए। जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो।

गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास– औरही सडकखण्डमा कल्भर्टमुनि फेला परेको थियो। नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष यादवको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो।

घटनाको अघिल्लो रात सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरूसँग वडाध्यक्ष यादवले अबेरसम्म बर्दिबासका विभिन्न होटलमा खानपिन गरेको, सँगै बसेको र बिहान उनी मृत अवस्थामा फेला परेको कारण घटना शंकास्पद रहेको माओवादी केन्द्रको दाबी थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी