दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सारांश
- सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
- आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
- न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।
४ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति पक्राउ गरेको थियो । भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईं अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया