सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २३, २०८३
|
|
१०३ पटक हेरिएको
Shares
सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ

सारांश

  • बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
  • बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
  • प्रहरीका अनुसार पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र कारमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई छन् ।

२३ साउन, सुनसरी ।

बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट ४ क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र कारमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई छन् । त्यस्तै मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?