कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
५१ पटक हेरिएको
Shares
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

सारांश

  • कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।
  • सोही जिल्लाको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट वैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
  • उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं.

२७ वैशाख,कालिकोट  ।

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ । सोही जिल्लाको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट वैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट  ५ जना गोताखोरसहितको टोली खटिएको छ । सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य सुरु गरेको हो।

त्यसैगरी दैलेख जिल्लाकोे चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षिय भुवन सार्किको पनि खोजीकार्य जारी छ । कर्णाली नदीमा पोडी खेल्ने क्रममा वैशाख २६ गते बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट उनको खोजीकार्यको लागि सुरक्षाकर्मी खटाइएको छ । बेपत्ता उनको वैशाख २६ गते साँझसम्म खोजीकार्य गर्दा फेला नपरेपछि कार्यालय फर्केको थियो भने सो टोलीले आज पनि खोजीकार्य जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै
मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार
राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार