युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न

सारांश

  • युनेस्कोका क्रियाकलापहरूमा आधारित सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
  • बुधबार र बिहीबार दुई दिनसम्म चलेको कार्यक्रममार्फत युनेस्कोद्वारा स्थानीय तहमा सञ्चालन भइरहेका विविध विषयका कार्यक्रमहरूको जानकारी गराउनुका साथै आगामी दिनमा स्थानीय सरकारसँग सहकार्यमा ती कार्यक्रमहरू कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन र छलफल गरिएको आयोजकले जनाएको छ।
  • कार्यक्रममा ५० जना भन्दा बढी सहभागी रहेका थिए।

१२ असार, सर्लाही।

युनेस्कोका क्रियाकलापहरूमा आधारित सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । बुधबार र बिहीबार दुई दिनसम्म चलेको कार्यक्रममार्फत युनेस्कोद्वारा स्थानीय तहमा सञ्चालन भइरहेका विविध विषयका कार्यक्रमहरूको जानकारी गराउनुका साथै आगामी दिनमा स्थानीय सरकारसँग सहकार्यमा ती कार्यक्रमहरू कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन र छलफल गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा ५० जना भन्दा बढी सहभागी रहेका थिए। सहभागीहरूमा स्थानीय तहका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, युनेस्को नेपालका प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्ति समावेश थिए। आयोजक संस्थाको तर्फबाट युनेस्कोका कार्यक्षेत्रबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै बलरा नगरपालिकासँगको सहकार्यमा केही महिनाअघि सम्पन्न विज्ञान प्रदर्शनी र त्यसबाट प्राप्त उपलब्धिबारे समेत समीक्षा गरिएको थियो। विद्यार्थीहरूको सिर्जनात्मकता र प्रविधिक ज्ञान अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ।

समापन समारोहमा युनेस्को नेपाल राष्ट्रिय आयोगका सह–महासचिव रामेश्वर प्रसाद यादवले शिक्षा, संस्कृति, विज्ञान, आम सञ्चार र मानव समाजसँग सम्बन्धित विषयहरूमा आधारित युनेस्कोको अवधारणा विश्व शान्ति र समृद्धिको मार्गदर्शक रहेको बताए। कार्यक्रम सह–महासचिव यादवको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, नेपाल राष्ट्रिय आयोगका सदस्य डा. कमलेश्वर कुमार सिन्हा, जितेन्द्र सिंह, नेपाल पत्रकार महासंघ सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ,  यी हुन् ६ मूख्य परिवर्तन
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ, यी हुन् ६ मूख्य परिवर्तन
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर