कोशी बास्केटबलको उपाधि सुनसरीलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
४० पटक हेरिएको
Shares
कोशी बास्केटबलको उपाधि सुनसरीलाई

सारांश

  • धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ ।
  • इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो ।
  •   उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

९ असार, काठमाडौं ।

धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ । इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो ।  उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बू घोषित भए ।

प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा सम्पन्न प्रतियोगिताको फाइनलमा २५–११, १६–१५, ३१–११, २२–२२ अंक जोडेका थिए ।  धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न फाइनलको विजेता तथा उपविजेता टिमलाई सुनसरी बास्केटल संघका अध्यक्ष नारायण सुवेदी, पुर्वसांसद जयकुमार राई, डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर लिम्वु, सदस्य सुर्य पन्धाक लिम्वु, प्राचार्य राजकुमार राईले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए ।  प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ जिल्लाका टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश
काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 
मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
डोटीको जंगलमा महिलाको शव फेला
डोटीको जंगलमा महिलाको शव फेला
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश