संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ

सारांश

  • नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताउनुभएको छ ।
  • प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो बताउनुभएको हो ।
  • उहाँले  संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राख्नुभयो ।

२५ असार, काठमाडौं ।

नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो बताउनुभएको हो । उहाँले  संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राख्नुभयो । उहाँले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा हरु विषयमा समय खर्च गरेर बसिरहेका छौं कि भन्ने मलाई लागेको छ । आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मुल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुश भएको छ । त्यो साह्रै नै दुःखद् छ । सभामुख महोदय, हामीसँग छलफलका लागि थुप्रै विषय छन् जस्तो लाग्छ मलाई ।

हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतित गर्नुपर्छ भन्ने मलाई लागेको छ । नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभुति दिनुपर्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासलजस्ता क्षेत्रहरुमा अझै गम्भिर भएर काम आवश्यक देखेको छु ।’ उहाँले सच्चिने कामहरुको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले संसदमा उठेका प्रश्नहरुको समयमै जवाफ दिन मन्त्रीहरुको समेत ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य
नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण