सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै हरेक मन्त्रालय र निकायमा कर्मचारी सरुवा गर्दा रबन्दीभित्रै रहेर गर्न र जथाभाबी नगर्न सचेत पारेको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कर्मचारी सरुवा गर्दा दरबन्दीभन्दा बढी सरुवा गरेको र सरुवा भएकालाई सम्बन्धित निकायमा पठाउन नसकेको भन्दै प्रधानमन्त्री कार्यालयले मन्त्रालयको जिम्मेवारी र क्षेत्राधिकारअनुसार काम गर्नसमेत मन्त्रालयलाई भनेको छ।
  • सामान्य प्रशासन मन्त्रालयले जथाभाबी सरुवा गर्दा र खटाएका ठाउँमा कर्मचारी पठाउन नसक्दा सिंहदरबारभित्रै विभिन्न मन्त्रालयमा डेढ सयभन्दा बढी कर्मचारी बेकामे बन्दै आइरहेका छन्।

३० भदौ , काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै हरेक मन्त्रालय र निकायमा कर्मचारी सरुवा गर्दा रबन्दीभित्रै रहेर गर्न र जथाभाबी नगर्न सचेत पारेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कर्मचारी सरुवा गर्दा दरबन्दीभन्दा बढी सरुवा गरेको र सरुवा भएकालाई सम्बन्धित निकायमा पठाउन नसकेको भन्दै प्रधानमन्त्री कार्यालयले मन्त्रालयको जिम्मेवारी र क्षेत्राधिकारअनुसार काम गर्नसमेत मन्त्रालयलाई भनेको छ। सामान्य प्रशासन मन्त्रालयले जथाभाबी सरुवा गर्दा र खटाएका ठाउँमा कर्मचारी पठाउन नसक्दा सिंहदरबारभित्रै विभिन्न मन्त्रालयमा डेढ सयभन्दा बढी कर्मचारी बेकामे बन्दै आइरहेका छन्। सिंहदरबारभित्रै डेढ सय कर्मचारी बेकामे बनेको पाइएपछि मुख्य सचिव एकनारायण अर्यालले त्यस्ता कर्मचारीलाई खोजी गर्दै तत्काल तोकिएको ठाउँमा पठाउन सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिँदै आउनुभएको थियो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रवार भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई नै पत्र लेख्दै दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र तोकिएको निकायमा सरुवा भएकालाई सोही ठाउँमा नै पठाउन भनेको हो। प्रधानमन्त्री कार्यालयले उता प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने तर केन्द्रमा नियमविपरीत आवश्यकभन्दा धेरै कर्मचारी राख्नु गलत भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले स्थानीय तह र प्रदेशमा कर्मचारी रिक्त हुन नदिई तत्काल उचित व्यवस्थापन गर्नसमेत ध्यानाकृष्ट गराएको छ । निजामती सेवा ऐन र नियमावलीमा कुनै पनि कर्मचारीलाई नियमविपरीत काजमा खटाएमा सोकर्मचारीले खाइपाई आएको तलब काज खटाउने अधिकारीबाट असुलउपर गराउनुपर्ने प्रावधान छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान्यलाई लेखेको पत्रमा असुलउपर गर्ने प्रावधान रहेको भन्दै सचिवलाई गम्भीर ध्यानाकृष्ट गराइएको छ।साथै प्रधानमन्त्री कार्यालयले सामान्य प्रशासन मन्त्रालय सरकारको केन्द्रीय कर्मचारी निकाय (सीपीए) भएको हुनाले दरबन्दीबमोजिम कर्मचारी व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले सो जिम्मेवारीलाई प्रभावकारी रूपमा बहन गर्नसमेत ध्यानाकृष्ट गराइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख
एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे