जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २१, २०८०
|
|
२३ पटक हेरिएको
Shares
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने

सारांश

  • सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।
  • आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो ।
  • बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.

२१ माघ, काठमाडौं । सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो । बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताउनु भयो । उहाँकाअनुसार गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठककमा संगठन सम्बन्धी कुराहरु, खासगरी अहिले वडा अधिवेशनमा छौँ हामी । वडाको अधिवेशन सकिन लागेको अवस्थामा छलफल भएको छ । साथै भोलिदेखि हुने हिउँदे अधिवेशनको बारेमा संसदमा प्रभावकारी भुमिका कसरी जनमत पार्टीले देखाउने भन्नेबारेमा पनि छलफल भएको छ । समसामयिक राजनीतिक घटनाक्रमकै बारेमा हो । मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ । संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीको समीक्षा हुँदैछ । गठबन्धनमा एक वर्ष जसपाको नेतृत्वमा चल्ने र त्यसपछि जनमतले र काँग्रेसले चलाउने सहमति थियो । त्यो सहमति जसपाद्वारा भाँडिएपछि वर्तमान सरकारमा बसिरहन राम्रो ठानेनौँ ।’ प्रवक्ता यादवले अन्यमन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलै राम्रो काम गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी
ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ