Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २१, २०८०
|
|
२९ पटक हेरिएको
Shares
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने

सारांश

  • सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।
  • आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो ।
  • बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.

२१ माघ, काठमाडौं । सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो । बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताउनु भयो । उहाँकाअनुसार गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठककमा संगठन सम्बन्धी कुराहरु, खासगरी अहिले वडा अधिवेशनमा छौँ हामी । वडाको अधिवेशन सकिन लागेको अवस्थामा छलफल भएको छ । साथै भोलिदेखि हुने हिउँदे अधिवेशनको बारेमा संसदमा प्रभावकारी भुमिका कसरी जनमत पार्टीले देखाउने भन्नेबारेमा पनि छलफल भएको छ । समसामयिक राजनीतिक घटनाक्रमकै बारेमा हो । मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ । संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीको समीक्षा हुँदैछ । गठबन्धनमा एक वर्ष जसपाको नेतृत्वमा चल्ने र त्यसपछि जनमतले र काँग्रेसले चलाउने सहमति थियो । त्यो सहमति जसपाद्वारा भाँडिएपछि वर्तमान सरकारमा बसिरहन राम्रो ठानेनौँ ।’ प्रवक्ता यादवले अन्यमन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलै राम्रो काम गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
हृदयाघातपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव
अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव