पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु

सारांश

  •  पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
  • पोखरा महानगरपालिका-२१ मट्टीखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ग १ क ६३१९ नम्बरको बस दुर्घटनामा बसका सहचालकको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
  • ‘सहचालकको मृत्यु भएको उनले भने, ‘उनको परिचय खुलिसकेको छैन।

 

१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२१ मट्टीखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ग १ क ६३१९ नम्बरको बस दुर्घटनामा बसका सहचालकको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । ‘सहचालकको मृत्यु भएको उनले भने, ‘उनको परिचय खुलिसकेको छैन। बाँकी घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।’

उनका अनुसार बसमा चालक र सहचालकसहित २७ जना विद्यार्थी र एक जना अभिभावक सवार थिए। दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?