महोत्तरीमा विद्यालय बस दुर्घटना, जना घाइते
सारांश
- महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् ।
- आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो ।
- दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा र ८ वर्षीय छोरा प्रज्वल कुशवाहा, १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् ।
१९ साउन, जनकपुरधाम ।
महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना पाँच बालबालिकासहित ६ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे तिर गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा र ८ वर्षीय छोरा प्रज्वल कुशवाहा, १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् । यस्तै, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया