४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
१९५ पटक हेरिएको
Shares
४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

सारांश

  • नेपाल राष्ट्र बैंकले फेरि निक्षेप खिच्न भएको छ ।
  • अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले शुक्रबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ४५ अर्ब निक्षेप खिच्न लागेको हो ।
  • राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

१ जेठ,  काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले फेरि निक्षेप खिच्न भएको छ । अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले शुक्रबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ४५ अर्ब निक्षेप खिच्न लागेको हो । राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
दाइको हत्या आरोपमा भाइ पक्राउ
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर