विराटनगर किङ्स र एभरेस्ट बैंकबिच सहकार्यको निरन्तरता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
विराटनगर किङ्स र एभरेस्ट बैंकबिच सहकार्यको निरन्तरता

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबिचको सहकार्य निरन्तर रहने भएको छ ।
  • विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो ।
  • विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा एक कार्यक्रमबिच सम्पन्न भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबिचको सहकार्य निरन्तर रहने भएको छ । विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो । विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा एक कार्यक्रमबिच सम्पन्न भएको छ ।

नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको यो सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ । टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्त्वपूर्ण रहेको जनाएको छ ।

विराटनगर किङ्सले एभरेस्ट बैंकलाई निरन्तर विश्वास, सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यो साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको निरन्तर सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबिचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने
बीपी राजमार्ग साउनभर राति १२ घण्टा बन्द हुने
बीपी राजमार्ग साउनभर राति १२ घण्टा बन्द हुने