१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी

सारांश

  • नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ ।
  • बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् ।
  • धुम्बाराहीस्थित होटल स्मार्टमा बस्ने बैठकमा नेताहरू आउनेक्रम जारी छ ।

१७ चैत, काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् । धुम्बाराहीस्थित होटल स्मार्टमा बस्ने बैठकमा नेताहरू आउनेक्रम जारी छ । बैठकका लागि यो समूहले तीन वटा एजेन्डा तय गरेको छ ।

निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुनेछ ।विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी वैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २८–३१ वैशाखमा १५ औं महाधिवेशनको कार्यतालिका पारित भएको थियो । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने निवर्तमान कार्यवाहक सभापति खड्काले तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु