कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध

सारांश

  • कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे ।
  • शुक्रबार बिहान सडक माथिबाट ठुलो ढुङुगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको र आइतबार राती एकतर्फी रूपमा सञ्चालनमा आएको भए पनि सोमबार दिउँसोबाट पुनः अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो ।
  •   आइतबार राति र सोमबार बिहान ठुलो पानी परेका कारण सोही स्थानमा माथिबाट पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको उहाँको भनाइ छ ।

पहिरोका करण शुक्रबादेखि बन्द रहेको कालीगण्डकी कोरिडोर एक तर्फी सञ्चालनमा आएको १२ घण्टा नपुग्दै पुनः अवरुद्ध भएको छ  ।कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे ।

शुक्रबार बिहान सडक माथिबाट ठुलो ढुङुगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको र आइतबार राती एकतर्फी रूपमा सञ्चालनमा आएको भए पनि सोमबार दिउँसोबाट पुनः अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो ।  आइतबार राति र सोमबार बिहान ठुलो पानी परेका कारण सोही स्थानमा माथिबाट पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको उहाँको भनाइ छ ।  कालीगण्डकी काेरिडोर गैँडाकोट राम्दी मालढुङ्गा सडक योजना कार्यालयका प्रमुख कल्पना अधिकारीका अनुसार निरन्तर माथिबाट पहिरो खसिराखेका कारण सडक खुलाउन समस्या भएको र समय लाग्ने बताउनुभयो । आइतबार रातिबाट एकतर्फी रूपमा सडक खुलाए पनि सोमबारबाट सडक पुनः अवरुद्ध रहेको उहाँले बताउनुभयो ।

उक्त स्थानको नजिकै एक्साभेटर र चालक रहेकाले पहिरो झर्ने क्रम रोकिएपछि सडक खुलाउन लाग्ने उहाँले बताउनुभयो । तत्कालका लागि एक्साभेटहरु तयारी अवस्थामा राखी सडक खुलाउने र दीर्घकालीन रूपमा उक्त स्थानमा पहिरो रोकथामका लागि अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जसका लागि आफूहरूले सम्बन्धित निकायमा लेखि पठाएकाले अध्ययन हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ । वर्षातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने