प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
८६ पटक हेरिएको
Shares
प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन

सारांश

  •   नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद सङ्कलन भएको छ ।
  • प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान पेटिकालगायतबाट उक्त रकम सङ्कलन भएको बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिनुभयो ।
  • मूल समारोह समितिले आयोजना गरेको आयव्यय सार्वजनिक समारोहमा कोषाध्यक्ष पोखरेलले दान रसिदबाट रु तीन करोड ८० लाख पाँच हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार र मातृशक्तिबाट रु १० लाख आम्दानी भएको बताउनुभयो ।

 १८ जेठ , काठमाडौँ । 

नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद सङ्कलन भएको छ । प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान पेटिकालगायतबाट उक्त रकम सङ्कलन भएको बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिनुभयो ।

मूल समारोह समितिले आयोजना गरेको आयव्यय सार्वजनिक समारोहमा कोषाध्यक्ष पोखरेलले दान रसिदबाट रु तीन करोड ८० लाख पाँच हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार र मातृशक्तिबाट रु १० लाख आम्दानी भएको बताउनुभयो । यस्तै उक्त प्राण प्रतिष्ठामा विभिन्न शीर्षकमा रु एक करोड चार लाख ४५ हजार ४६१ खर्च भएको जनाइएको छ । कार्यक्रममा नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धाम निर्माण गरिएको बताउनुभयो । बद्रीनारायण प्राणप्रतिष्ठा मूल समारोह समितिका संयोजक जयराम लामिछानेले नागार्जुन नगरपालिकालाई चिनाउनका लागि धामले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उक्त धाममा बद्रीनारायण मन्दिरका साथै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर बन्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित
एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित
आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता