जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)

सारांश

  • नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ।
  • हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको र बाँकी थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।
  • कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यता शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाएकै कारणले पार्टीका नेताहरूको घर जेन जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका माओवादीको निष्कर्ष छ।

२८ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको र बाँकी थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यता शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाएकै कारणले पार्टीका नेताहरूको घर जेन जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका माओवादीको निष्कर्ष छ।

विवरण हेर्नुस्-

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।

८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।

९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी ।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल
प्रतिष्ठानलाई बजेट दिनसक्ने अवस्था छैनः मन्त्री खनाल
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु
रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन