गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २३, २०८१
|
|
४८ पटक हेरिएको
Shares
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

सारांश

  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् ।
  • उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ ।
  • नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

२३ वैशाख, काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् ।

उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखलाई समेत गणना  गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले सर्वोच्च पुगेको थियो ।

तर सर्वोच्चले नेपाली कांग्रेसले दर्ता गरेको रिट खारेज गरेपछि उनले विश्वासको मत लिने बाटो खुलेको थियो । सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो । मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् ।  शनिबार बसेको दुवै पार्टीहको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए । गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
भोलि इदको अवसरमा सार्वजनिक बिदा
भोलि इदको अवसरमा सार्वजनिक बिदा
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...