गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

सारांश

  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् ।
  • उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ ।
  • नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

२३ वैशाख, काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् ।

उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखलाई समेत गणना  गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले सर्वोच्च पुगेको थियो ।

तर सर्वोच्चले नेपाली कांग्रेसले दर्ता गरेको रिट खारेज गरेपछि उनले विश्वासको मत लिने बाटो खुलेको थियो । सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो । मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् ।  शनिबार बसेको दुवै पार्टीहको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए । गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
प्रधानसेनापति भारत भ्रमणमा जाँदै
प्रधानसेनापति भारत भ्रमणमा जाँदै
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
गुण्डुमा एमाले सचिवालय बैठक
गुण्डुमा एमाले सचिवालय बैठक
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड