आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै

सारांश

  • आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ ।
  • दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।
  •   यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् ।

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।

यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् । नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो ।

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश