देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना

सारांश

  • देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ ।
  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ ।
  • मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ ।

८ साउन, काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ