एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

सारांश

  • काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  जानकारी गराएको छ ।
  • उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्यमोदय मोड र  सभागृहतिरबाट  डाईभर्सन  गरिएको  हो   ।
  • प्रदर्शनका कारण  टुँडिखेल  वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक  र  पुतलीसडक भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको हुनाले सहज यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य  सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  गरेको छ ।

६ मंसिर, काठमाडौं ।

काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  जानकारी गराएको छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्यमोदय मोड र  सभागृहतिरबाट  डाईभर्सन  गरिएको  हो   । प्रदर्शनका कारण  टुँडिखेल  वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक  र  पुतलीसडक भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको हुनाले सहज यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य  सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  गरेको छ ।  मानिसहरू  भेला वा जम्मा भएकाले काठमाडौँको  माइतीघर चोकबाट  सर्भिस  लेन  हुँदै  थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ ।

त्यसैगरी, सामाखुसी चोकमा मानिसहरु भेला जम्मा भएकाले र  चावहिल चोकबाट जोरपाटी सम्मको लागि रथयात्रा भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?