आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए ।
  • उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवा पाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन् ।

२० मंसिर, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए । उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवा पाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन् । यस्ता धेरै कुराहरु आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरुले दुःख पाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौ भन्ने कुरा बुझ्नको लागि इतिहास पनि हेर्नुपर्ने हुन्छ ।’

यस्तै, उनले नेपालमा केही गर्नुपर्यो भने पैसा नै छैन् भन्ने कुरा आफू शिक्षामन्त्री भएर मन्त्रालयमा जाँदादेखि रहेको र यो समस्या पहिलैदेखि नै विद्यमान रहेको बताए । नेपालमा नेपालीहरुले धेरै दुःख पाउनुको कारण पनि नेपालीहरु आफै भएको पनि उनको भनाई छ । उनले भने, ‘नेपालमा नेपालीहरुले धेरै दुःख पाएका छांै । कुनै कुनै नेपालीले सुख पाउनु भएको छ होला । तर अधिकांश नेपालीहरुले दुःख पाएका छन् । त्यसमा हामीले नेपालीकै हात छ । नेपालीकै ढंग नपुगेर दुःख पाएको हो । व्यक्ति विशेष कुरा होईन्, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन् ।’

उनले देशमा खासगरि विज्ञान र प्रविधिको विकास नभएको कारण देशको प्रतिभाहरुले नेपालमा अवसर नपाएर विदेशिन पनि बाध्य भएको पनि बताए । अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री
महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज
राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज