Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
१०६ पटक हेरिएको
Shares
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा

सारांश

  • नेपाली यू-१९ महिला टोलीकी कप्तान पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन् ।
  • आईसीसीले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा नेपालकी पुजा पनि परेकी हुन् ।
  • एसोसियट राष्ट्रबाट यस टिममा पर्ने पुजा एक्ली खेलाडी हुन् ।

 

२१ माघ, काठमाडौं । नेपाली यू-१९ महिला टोलीकी कप्तान पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन् । आईसीसीले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा नेपालकी पुजा पनि परेकी हुन् । एसोसियट राष्ट्रबाट यस टिममा पर्ने पुजा एक्ली खेलाडी हुन् । उनलाई आईसीसीले छैटौं नम्बरको खेलाडीका रूपमा राखेको छ ।

पुजाले प्रतियोगिताभर ४ खेलमा ७० रन बनाएकी थिइन् । उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी थिइन् । त्यस्तै उनले ९ विकेट समेत लिएकी थिइन् । टिम अफ द टुर्नामेन्टमा एक अतिरिक्त सहित राखिएका १२ जनामध्ये भारतका ४, दक्षिण अफ्रिकाका ३ तथा इंग्ल्याण्डका २ जना छन् भने नेपाल, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी रहेका छन् । प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै आइतबार भारतले उपाधि जितेको थियो ।

नेपाल समूह चरणका तीनवटै खेलमा पराजित हुँदा प्लेअफमा भने आयोजक मलेसियालाई हराउँदै सान्त्वना जित निकालेको थियो । टिम अफ द टुर्नामेन्ट :गोंगदी तृशा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डेभिना पेरिन (इंग्ल्यान्ड), कमलिनी गुनलान(भारत), काइम्हे ब्रे (अष्ट्रेलिया), पुजा महतो (नेपाल), कायला रेनेके (कप्तान,दक्षिण अफ्रिका),केटी जोन्स (विकेटकिपर, इंग्ल्यान्ड), आयुशी शुक्ला (भारत), चामोदी प्रबोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), थाबिसेङ निनी (दक्षिण अफ्रिका)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पीडितलाई राहत वितरण
बाढी पीडितलाई राहत वितरण
कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?
सर्वोच्चमा ४ न्यायाधीशको नाम सिफारिस
सर्वोच्चमा ४ न्यायाधीशको नाम सिफारिस