रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

सारांश

  •  रुसको पूर्वी तट नजिकै आज बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ ।
  • राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो ।
  • सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ ।

२ भदौ , काठमाडौँ । रुसको पूर्वी तट नजिकै आज बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ ।

राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्दै आएका छन् । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको सिएनएनले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामीको खतरा जारी गरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने
६०२ प्यालेस्टिनीको बदलामा हमासले ६ इजरायली बन्दी रिहा गर्ने
सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार
सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार