प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने

सारांश

  •   आईसीसी विश्वकप लिग-२ शृंखलाका लागि स्कटल्यान्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ।
  • प्रशिक्षणका क्रममा टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र महत्त्वपूर्ण अलराउन्डर गुल्सन झा घाइते भएका छन्।
  • नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहने पुष्टि गरेको हो।

२७ जेठ, काठमाडौं । 

आईसीसी विश्वकप लिग-२ शृंखलाका लागि स्कटल्यान्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ। प्रशिक्षणका क्रममा टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र महत्त्वपूर्ण अलराउन्डर गुल्सन झा घाइते भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहने पुष्टि गरेको हो।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। चिकित्सकको परामर्शपछि उनीहरूलाई आराम गर्न सुझाइएको छ। जसका कारण दुवै खेलाडीले लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेल र त्यसपछिको सम्पूर्ण टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्। अनुभवी खेलाडी सोमपाल नेपाली टोलीको बलिङ आक्रमणका एक प्रमुख स्तम्भ हुन् भने गुल्सन पछिल्लो समय ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रभावशाली अलराउन्डर हुन्। एकैसाथ दुई प्रमुख खेलाडीले खेल्न नसक्ने भएपछि टोलीको सन्तुलनमा असर पर्ने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
समानुपातिकको सूचीलाई अन्तिम रूप दिन रास्वपा केन्द्रीय समिति जारी
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
ईसेवा प्रयोगकर्ताको करोडौं रुपैयाँ चारी गरेको आरोपमा १ जना पक्राउ
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना