सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
२९७ पटक हेरिएको
Shares
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी छ ।
  • कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबार)सम्म लक्ष्यको ६३.
  • ७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

 

१५ जेठ, काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी छ । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबार)सम्म लक्ष्यको ६३.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल बजेट खर्च १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ बराबर भएको छ । जुन लक्ष्यको ६३.७६ प्रतिशत हो । यस अवधिमा चालु खर्च लक्ष्यको ७२.८५ प्रतिशत बराबर भएको छ । जुन ८ खर्ब ६० अर्ब ३१ करोड बराबर भएको छ । चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोडको हो । पूँजीगत खर्च लक्ष्यको ३०.१८ प्रतिशत मात्र भएको छ ।

पूँजीगत खर्च कुल ४ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा खर्च भने १ खर्ब २३ अर्ब रुपैयाँ बराबर मात्र भएको छ । वित्तीय व्यवस्थातर्फको खर्च ७१.६४ प्रतिशत भएको छ । यस अवधिमा २ खर्ब ६८ अर्ब ८४ करोड वित्तीय व्यवस्थामा खर्च भएको तथ्यांक छ । विनियोजन भने ३ खर्ब ७५ करोड भएको थियो । सरकारले आज आगामी आवको बजेट सार्वजनिक गर्दैछ । सार्वजनिक खर्चका संरचनात्मक समस्या जहाँको तही रहँदा लक्ष्य अनुसार राजस्व नउठ्ने र विनियोजन अनुुसार खर्च नहुने प्रवृत्ति हरेक वर्ष दोहोरिएको छ । आगामी वर्ष यो समस्या हटाउने प्रतिवद्धतासहित नयाँ बजेट आउने बताइएको छ ।राजस्वतर्फ महालेखाले बुधबारसम्मको मात्र यथार्थ विवरण सार्वजनिक गरेको छ । जस अनुसार १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कुल राजस्व र खर्चका बीचमा झण्डै २ खर्बको खाडल बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
नेपाल प्रहरीलाई रूपान्तरण गर्न रणनीतिक योजना तयार हुँदैछ : महानिरीक्षक कार्की
नेपाल प्रहरीलाई रूपान्तरण गर्न रणनीतिक योजना तयार हुँदैछ : महानिरीक्षक कार्की
डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र
डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव