Press 4K
आइतबार, २ कार्तिक २०८३

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
७३ पटक हेरिएको
Shares
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

सारांश

  • नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
  • आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो ।
  • घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।

काठमाडौं । नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो ।

घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देवी दुर्गाको भक्तिपूर्वक आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यसै मान्यताका आधारमा सनातन धर्मावलम्बीले प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष अनुष्ठान गर्दछन् ।

दुर्गा पक्षका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ फरक स्वरूपको पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरिएको टीका र जमरा विजयादशमीका दिनदेखि प्रसादका रूपमा ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट लगाउने चलन छ ।

महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, कालिकास्थान, शोभा भगवती, संकटा, नक्साल भगवती तथा उपत्यकाबाहिरका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार विदेशी मुद्राको विनिमयदर कति?
सोमबार विदेशी मुद्राको विनिमयदर कति?
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...