हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ ।
  • चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

२२ कात्तिक, हुम्ला ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ । चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन

नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नियन्त्रणमा लिएको चिनियाँ मदिराको बजार मूल्य ३७ लाख ६ हजार ५००  रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए । ७५३ कार्टुनभित्र ९ हजार ३६ बोतल रहेको डिएसपी पोखरेलको भनाइ छ । विशेष सूचनाका आधारमा प्रहरीले जनप्रतिनिधि सुरक्षा, पत्रकारहरूको रोहबरमा छापा हानेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?